नेपाल सरकार

स्वास्थ्य बीमा बोर्ड

राज्यको लगानी, नागरिकको योगदान स्वास्थ्य बीमा, साझा अभियान

नेपाल सरकारको स्वास्थ्य बीमाबारे थाहा छैन?

आफ्नो परिवारको स्वास्थ्य सुरक्षाका लागि आजै स्वास्थ्य बीमा योजनामा आबद्ध हुनुहोस्।

स्वास्थ्य बीमा किन आवश्यक छ?

बिरामी हुँदा ठूलो खर्चबाट सुरक्षा
सम्पूर्ण परिवारको स्वास्थ्य सुरक्षा
औषधि, परीक्षण तथा उपचारमा सहयोग
देशभरका ५१०+ सूचीकृत अस्पतालबाट सेवा

स्वास्थ्य बीमा के हो?

स्वास्थ्य बीमा भनेको धेरै व्यक्तिहरूले सानो-सानो योगदान गर्ने र बिराम लागि हालेमा स्वास्थ्य उपचारका लागि आर्थिक सुरक्षा प्राप्त गर्ने सामाजिक सुरक्षा कार्यक्रम हो।

कति खर्च लाग्छ?

वार्षिक योगदान: प्रति परिवार रु. ३५०० देखि ७००० मात्र (५ जना सदस्य देखि १० जनासम्म अर्थात प्रति सदस्य रू ७०० मात्र तर परिवारमा ५ भन्दा कम सदस्य भएपनि योगदान रकम रु ३५०० नै लाग्छ।)

प्रतिफल: रु. एक लाख देखि रू दुई लाख सम्मको स्वास्थ्य बीमा सेवा सुविधा।

+ कडा रोगीलाई थप रू एक लाखको स्वास्थ्य बीमा सेवा सुविधा।

हालसम्मका उपलब्धिहरू

  • एक करोड भन्दा बढी नेपाली नागरिक स्वास्थ्य बीमामा आबद्ध
  • देशभर ५१०+ सेवा प्रदायक संस्थाहरू
  • ३० लाख+ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका
  • वर्षेनी अर्बौं रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध

स्वास्थ्य बीमामा आबद्ध हुन ४ सरल चरण

1

खाता सिर्जना गर्नुहोस्

मोबाइल नम्बर वा इमेल प्रयोग गरी परिवारमूलीको खाता खोल्नुहोस्।

2

परिवार विवरण भर्नुहोस्

परिवारका सदस्यहरूको आवश्यक विवरण प्रविष्ट गर्नुहोस्।

3

योगदान रकम भुक्तानी गर्नुहोस्

अनलाइन माध्यमबाट योगदान रकम भुक्तानी गर्नुहोस्।

4

स्वास्थ्य बीमामा आबद्ध हुनुहोस्

भुक्तानी पुष्टि भएर स्वास्थ्य बीमा बोर्डले प्रमाणिकरण गरेपछि स्वास्थ्य बीमा सदस्यता कार्ड जारी हुन्छ। स्वास्थ्य बीमा कार्ड सिधै डिजिटल प्रयोग गर्नुहोस् वा डाउनलोड गरी सुरक्षित राख्नुहोस्।

के तपाईं लक्षित वर्गमा पर्नुहुन्छ?

यी परिवारको योगदान रकम नेपाल सरकारले व्यहोर्छ। अर्थात्, स्वास्थ्य बीमामा आवद्द हुन पैसा लाग्दैन।

  1. अति विपन्न परिवार (रातो कार्ड भएका)
  2. पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र निजका परिवार
  3. HIV सङ्क्रमित व्यक्ति र निजका परिवार
  4. MDR-TB का बिरामी र निजका परिवार
  5. कुष्ठरोगी र निजका परिवार
  6. ७० वर्ष पुगेका ज्येष्ठ नागरिक (व्यक्ति)
  7. महिला स्वास्थ्य स्वयंसेविका र निजका परिवारका लागि ५०% छुट

स्वास्थ्य संस्था खोज्नुहोस्

आफ्नो जिल्ला चयन गरी सेवा प्रदायक स्वास्थ्य संस्था खोज्नुहोस्।

स्वास्थ्य संस्था खोज्नुहोस्

खाता सिर्जना गर्नुहोस्

आजै स्वास्थ्य बीमामा आबद्ध भई आफ्नो परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुहोस्।

खाता सिर्जना गर्नुहोस्
Health Insurance Board

स्वास्थ्य बीमा बोर्ड

Health Insurance Board, Nepal

अझै सरकारी स्वास्थ्य बीमामा दर्ता हुनुभएको छैन?

नयाँ परिवार दर्ता

Sign In लग इन गर्नुहोस्

Access the HIB Portal HIB पोर्टलमा पहुँच गर्नुहोस्

Forgot Password? पासवर्ड बिर्सनुभयो?
Sync previous HIB data पुरानो HIB विवरण ल्याउनुहोस्

HIB(Health Insurance Board) HIB (स्वास्थ्य बीमा बोर्ड)